२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


पुलिसले जित्यो बुढासुब्बा गोल्डकप, को–को भए उत्कृष्ट ?


0
Shares

शनिबार भएको फाइनलमा संकटा क्लबलाई ‘सडनडेथ’मा हराउँदै पुलिसले उपाधि जितेको हो ।

निधारित् ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि ३–३ को बराबरी भएपछि सडनडेथमा पुलिस भाग्यशाली सावित भएको हो ।

यसअघि, खेलको २८औं मिनेटमा राज पौडेलको गोलबाट संकटाले अग्रता लिएपनि ८०औं मिनेटमा जुमनु राईले पेनाल्टीमार्फत् गोल गर्दै बराबरी गरेका थिए ।

जारी सिजनमा ‘मेडन’ उपाधि जितेको पुलिसले पाँच लाख रुपैयाँ हासिल गरेको छ । उपविजेता संकटाको भागमा दुई लाख ५० हजार रुपैयाँमात्र हात परेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी संकटाका गोलरक्षक विनय श्रेष्ठ घोषित भए । उनले एकथान यामाहा मोटरसाइकल प्राप्त गरे ।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ पुलिसका गोलरक्षक रोशन खड्का घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर पुलिसका जुमनु राई, उत्कृष्ट डिफेन्डर पुलिसकै विक्रम धिमाल र उत्कृष्ट प्रशिक्षक पुलिसका कुमार कट्वाल घोषित भए । तीनैजनाले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता पुलिसका जुमनु राई र संकटाका अनिल गुरुङ घोषित भए । उनीहरुले १२ हजार ५०० रुपैयाँ पाए ।