
काठमाडौं । नेपालका लागि पकिस्तानी राजदूत डाक्टर मजहर जावेदले विकास र शान्ति पाकिस्तानको लक्ष्य रहेको बताएका छन् ।
राजदूतावासले सोमबार काठमाडौंमा गरेको क्याम्पस र बिद्यालयस्तरीय निबन्ध तथा वक्तृत्वकलाका उत्कृष्ट विद्यालय र क्याम्पसलाई पुरस्कार प्रदान गर्दै उनले नेपालको विकास र स्थायी शान्तिसहित आर्थिक समृद्धिको पक्षमा पाकिस्तान सरकारले सहयोग गर्ने उल्लेख गरे ।
उनले युवाहरुको विकासबाट मात्र कुनै पनि मुलुकको आर्थिक समृद्धि संभव नहुने पनि बताए ।
समय सुहाउँदो आधुनिकीकरण शिक्षा पद्धतिबाट बिद्यार्थीको शीप अभिवृद्धि हुने भन्दै राजदूत जावेदले शिक्षा क्षेत्रको विकासमा पाकिस्तान सरकारले सहयोग गर्ने वचन दिए ।
५२ वटा क्याम्पस र विद्यालयका विद्यार्थी सहभागी रहेको वक्तृत्वकलामा नेपाल ल क्याम्पस प्रथम, सेन्ट मेरी हाइयर सेकेन्डरी स्कुल दोस्रो र मेडिसिन क्याम्पस महाराजगञ्ज तेस्रो भएका थिए ।
त्यसैगरी निबन्ध प्रतियोगितामा निष्ट कलेज काभ्रे प्रथम, सेन्ट जेभियर स्कुल ललितपुर द्वितीय र शिवपुरी स्कुल तृतीय भएका थिए ।
उत्कृष्ट क्याम्पस र विद्यालयलाई राजदूत जावेदले पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस्