बैंकको चुक्तापूँजी बृद्धिमा बहस बढ्दै • Image Khabar Image Khabar


बैंकको चुक्तापूँजी बृद्धिमा बहस बढ्दै


Imagekhabar
१५ फाल्गुन २०७३, आईतवार १९:५९

बैंकको चुक्तापूँजी बृद्धिमा बहस बढ्दै

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ८ अर्व पूँजी पुर्‍याउने योजना सही रहेको दाबी गर्दै आएका छन् भने पूर्व गभर्नर डा. युवराज खतिवडाले चुक्तापूँजी बृद्धिको नीतिले हाल बैंकहरुमा लगानीयोग्य रकम अभाव भएको जिकिर गर्दै आएका छन् ।

आइतबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको सातौं महाधिवेशनमा पनि यो विषयले प्राथमिकता पायो । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धिको निर्णय गर्दा प्रभाव अध्ययन नगरेको भन्दै अर्थतन्त्रमा स्थायित्व ल्याउन अध्ययन आवश्यक रहेको बताए ।

पूर्व गभर्नर खतिवडाले बैंकहरुको चुक्ता पुँजी वृद्धिका कारण संस्थागत संरचनात्मक समस्या आउने जिकिर गरे ।

गभर्नर डा. नेपालले भने आफ्नो पुँजीबृद्धिको नीति सही रहेको जिकिर गरे । उनले अर्थतन्त्र सकारात्क ढंगले अघि बढीरहेको तथ्यांक पनि प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस्