
खोक्लिङ, सावा, लिवाङ, हाङ्देवासहित नगरपालिका क्षेत्रका अलैंची कृषकले अहिले फलका साथै बेर्नाको उत्पादन गरेर बिक्री गर्दै आएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
गाउँ विकास समिति र कृषि विकास कार्यालयको अनुदानमा आधुनिक नर्सरीबाट बेर्ना उत्पादन गरी जिल्लाभित्र र बाहिर निकासी गर्दै आएको खोक्लिङ गाविसका कृषक तारामान साँवाले बताए ।
लगानी अनुसार प्रतिफल पाउन थालेपछि अलैंची कृषकले लगानी बढाएको र आधुनिक नर्सरी बिस्तार गर्न थालेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्