
काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तथा सरकारका कामको समीक्षा गरिएको र पार्टीको सांगठनिक परिस्थिति र नियमावलीलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार नियमावलीका विषयमा सचिवालयको बैठकले निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्