
फरहादी यस वर्षको विदेशी भाषाको सर्वोत्कृष्ट फिल्म ‘द सेल्सम्यान’का लागि अस्कर अवार्ड विजेता हुन् ।
उनले अस्कर पुरस्कार वितरण समारोह बहिस्कार गरेका थिए । उनको प्रतिनिधिकारुपमा दुई इरानीमूलका अमेरिकीले समारोहमा उपस्थिति जनाएका थिए ।
फरहादीका तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिमा ‘दुनियाँमा अमेरिकालाई आफ्नो शत्रुको श्रेणीमा राख्ने त्रास पैदा भएको’ उल्लेख गरिएको छ ।
उनले ‘धर्म, संस्कृति र राष्ट्रियता फरक–फरक भएपनि हामी सबै एउटै विश्वका नागरिक’ भएको बताएका छन् ।
यसअघि, विदेशी भाषाको फिल्म निर्देशकमा मनोनीत सबै ६ जना निर्देशकले ‘अमेरिकामा फाँसिस्टवादको माहोल बनेको’ भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीमाथि यात्रा प्रतिबन्ध लगाएको भएपनि अदालतले भने यसलाई रोकेको थियो ।
तर, ट्रम्प प्रशासनले यस सम्बन्धमा नयाँ आदेश जारी गर्ने तयारी गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्