
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ भने तोलाको ८ सय ३५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५४ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्