२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपति ट्रम्पको प्रस्तावमा अमेरिकामा रक्षा बजेट १० प्रतिशतले बढाइने


0
Shares

वैदेशिक सहायता, पर्यावरणीय सुरक्षाका लागि गरिने खर्चसहित अरु क्षेत्रको बजेट कटौती गरेर रक्षामा खर्च बढाउन ट्रम्पले प्रस्ताव गरेका छन् ।

बढाइएको बजेट सेना, सुरक्षा र आर्थिक विकासमा केन्द्रित रहने ट्रम्पको भनाइ छ । सरकारी निकायसँगको परामर्शपछि ट्रम्पले आउँदो मे मा कंग्रेसमा बजेट प्रस्ताव पेश गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अमेरिकाको रक्षा बजेट वार्षिक ६ सय ३ अर्ब डलर छ । सन् २०१२ देखि लगातार रक्षा खर्च कटौती हुँदै आएको अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि भने बजेट बढाउने तयारी गरिएको हो ।

उनले पूर्वाधार विकासमा पनि खर्च बढाउने बताउँदै आएका छन् । ट्रम्पको आधारभूत आर्थिक योजनाका कारण अमेरिकी शेयर बजार लगातार बढिरहेको बताइएको छ ।

१२ दिनदेखि अमेरिकी शेयर बजार कीर्तिमानी स्तरमा पुगेर बन्द भएको छ । (एजेन्सी)