
म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको हो ।
आदर्श मावि रिमा स्रोत केन्द्रका स्रोत व्यक्ति भरतकुमार पुनले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई रकम हस्तान्तरण गरेका हुन् ।
राम्चेको नांगीमा जन्मिएर सोही क्षेत्रका ग्रामीण बस्तीमा बेतार इन्टरनेटको माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासमा सघाएका महावीरको प्रयासमा स्थापना हुन लागेको केन्द्रलाई शिक्षक, कर्मचारी र अगुवाले स्वेच्छिक रुपमा सहयोग जुटाएका हुन् ।
विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरणलगायत विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले केन्द्र स्थापनाका लागि पुनको नेतृत्वमा जनस्तरबाट आर्थिक सहयोग जुटाउने क्रम चलिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्