२ असार २०८१, आइतबार | Sun Jun 16 2024


राजविराजको स्कुल छेउमा राखिएको बम निष्क्रिय पारियो


0
Shares

राजविराज नगरपालिका–९ स्थित पिस जोन बोर्डिङ स्कुल छेउमा प्लास्टिकले बेरिएको अवस्थामा बम फेला परेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बम निष्क्रिय पारेको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

बम राखेको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ । मोर्चाका संयोजक जयकृष्ण गोइतले तराई बन्दको अवज्ञा गरी विद्यालय सञ्चालन गरेको भन्दै बम राखिएको जनाएका छन् ।