
विराटनगर, फागुन २० । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहालले अहिलेको अवस्थामा मन्त्रिमन्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमन्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रस्ट पारे ।
पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमन्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए ।
‘वर्तमान सरकारले ‘गियर’ परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निर्माण घोषणाले पनि सरकारले गति लिएको प्रस्ट हुुन्छ’–उनले भने–‘विकास निर्माण र समृद्धिको जनताको सपना पूरा गर्न सरकार सफल हुुनेछ ।’
उनले दुुवै पार्टीको एकीकरणकार्य अन्तिम चरणमा पुुगेकाले त्यसलाई टुंगो लगाउनमात्र बाँकी रहेको प्रस्ट पारे ।
उनले अतिवादीलाई राजनीतिक र सरकारी संयन्त्रमार्फत् नियन्त्रणमा ल्याउने विचार व्यक्त गरे ।
शान्ति–प्रक्रियामा सहभागी भइसकेको नेकपा (माओवादी)ले हातहतियार व्यवस्थापन गरिसकेको अवस्थामा अहिले त्योबेलाको हातहतियार कसरी-कहाँबाट आयो भन्ने कुरा थाहा नभएको उनले प्रस्ट पारे ।
संघीय समाजवादी फोरमसँग भएको तीनबुँदे सहमतिअनुसार संविधान संशोधन आवश्यक समयमा गरिने अध्यक्ष दाहालको धारणा थियो ।
उनले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा सहभागी गराउने विषयमा कुनै निर्णय नभएको जानकारी दिए ।
‘राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा कुनै जानकारी आएको छैन’–उनले भने । रासस
प्रतिक्रिया दिनुहोस्