५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


राजधानीका सडकमा आजबाट थोत्रा गाडी नगुड्ने, गुडाएको पाइए सडकबाटै जफत हुने


0
Shares

थोत्रा गाडी वातावरण प्रदुषण वृद्धि एवम् सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो ।

यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता टोकराज पाण्डेले २० वर्ष नाघेका कालो नम्बर प्लेट (भाडा)का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो बुधबारदेखि स्वतः अवैधानिक हुने बताए ।

उपत्यकामा २० वर्ष नाघेका झन्डै २ हजार ५ सय सार्वजनिक सवारी साधन रहेको विभागको अनुमान छ ।

‘२० वर्ष पुराना गाडीको रुटपरमिट र दर्ता नविकरण म्याद सकिएकाले ती गाडी सडकमा निकाल्नु गैरकानुनी हो,’ प्रवक्ता पाण्डेले भने, ‘अब थोत्रा गाडी सडकमा निकाल्न पाइँदैन । कसैले मनोमानी गरे जफत गरिन्छ ।’ –नागरिक दैनिकबाट