
अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको पाल्माइरालाई सरकारले सेनाले नियन्त्रणमा लिएको हो । पाल्माइरालाई नियन्त्रणमा लिन सरकारी सेनाले आइएसमाथि लगातार आक्रमण गरेको थियो ।
सरकारी सेनाले प्राचिन र ऐतिहासिक शहर पाल्माइराबाट आइएसलाई लखेटेको दाबी गरेको छ । युनेस्कोको सूचीमा परेको यो पुरातात्विक शहर कब्जामा लिँदै आइएसले केही भाग नष्टसमेत गरेको थियो ।
पाल्माइरामा प्राचिन महत्वका भग्नावशेष रहेको युनेस्कोले जनाएको छ ।
एक वर्षअघि पनि रुसी वायु सेनाको सहयोगमा यो शहरबाट सिरियाली सेनाले आइएसलाई लखेटेको थियो । तर फेरि पछि आइएसले कब्जा जमाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्