
अष्ट्रियाको भियनामा नयाँ बर्ष मनाउन साथीहरुसँग रहेकी महिलालाई ती नौ जनाले एक अपार्टमेन्टमा लगि सामूहिक बलात्कार गरेको प्रमाणित भएको थियो । साथीहरुसँग भियनाको सीटी सेन्टरमा रहेकी २८ बर्षीया ती महिलालाई कब्जामा लिई अपार्टमेन्टमा लगेर बलात्कार गरिएको खुलेको छ ।
ती महिलाले अत्यधिक मदिरा सेवन गरेका कारण अभियुक्तको पहिचान गर्न प्रहरीलाई मुस्किल परेको बताईएको छ । घटनामा संलग्न भएको आरोपमा ९ जना पक्राउ परेकोमा एक जनाले भने सफाइ पाएका छन् ।
जेल चलान गरिएका इराकी नागरिक सन् २०१५ मा आप्रवासीका रुपमा अष्ट्रिया प्रवेश गरेका थिए । उनीहरुलाई ९ देखि १३ बर्षसम्मको जेल सजाय तोकिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्