
काठमाडौं, असार २१ । साताको अन्तिम दिन बिहीबार पुँजीबजारमा उल्लेख्य सुधार आयो ।
यसदिन सेयरबजार परिसूचक नेप्से ३६ अंकले बढेर १२ सय २४ विन्दुमा पुग्यो ।
आगामी मौद्रिक नीतिले सेयर धितोकर्जाको सीमा बढाउने हल्लासँगै लगानीकर्तामा उत्साह देखिएको हो । बुधबार पनि नेप्से ८ अंकले सुधारिएको थियो ।
यसदिन कारोबार भएका अधिकांश समूहमा वृद्धि आयो । बिमा समूह सबैभन्दा उच्च ३२२ अंकले उक्लियो ।
यस्तै, लघुवित्त समूह ८६ अंकले, होटल समूह ५८ अंकले, जलविद्युत् समूह ५२ अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि करिब २७ अंकको सुधार आयो ।
यसदिन कारोबार परिमाणमा पनि सुधार आयो । १६८ कम्पनीका १२ लाख १३ हजार कित्ता सेयर ४६ करोड ७२ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्