२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


खुला राष्ट्रिय पुरुष भलिबलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चलको विजयी सुरुआत


0
Shares

शुक्रबार भएको पहिलो खेलमा पूर्व क्षेत्रीय प्रहरी कार्यलयलाई हराउँदै सशस्त्र प्रहरी बल पूर्वाञ्चलले विजयी सुरुआत गरेको छ ।

सशस्त्रले जनपथलाई २५–१२, २५–२२ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।

शुक्रबारै भएको दोस्रो खेलमा आयोजक इटहरी खेलकुद समाजले सिराहलाई सोझो सेटमै पराजित गरेको छ ।

इटहरीले सिराहालाई २५–१४, २५–१७ र २५–१६ अंकले हराएको हो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका २ टिम, सशस्त्र प्रहरी बल, झापा टाइगर, संखुवासभा, मोरङ, सिरहा खेलकुद विकास समिति, डुमराह र आयोजक इटहरी खेलकुद समाज गरी ९ टिमको सहभागिता रहेको छ ।