
काठमाडौं, फागुन २० । महाशिवरात्रि पर्वको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको लागि निम्नानुसार ट्राफिक व्यवस्थापन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सवारी प्रवेश निषेध गरिने स्थानहरु–
-चावहिलबाट गौशालातर्फ ।
-पुरानो बानेश्वरबाट गौशाला तर्फ ।
-ज्ञानेश्वर, मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
-द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
-शिफल चौरबाट जयबागेश्वरीतर्फ ।
-लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
-गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
-तिलगंगाबाट गौशालातर्फ ।
-मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
-जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
-सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
-जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
पार्किङ व्यवस्थापन
तिलगंगा – दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक
देवउद्यान स्थित कोषको कार्यालय– कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन ।
शिफलचौर – स्थानीय दर्शनार्थीका सवारी साधन ।
गुहेश्वरी पारी – वागमती कोरिडोर र जोरपाटीबाट चावहिल हुदैं आउने सवारी साधन ।
सवारीमार्ग निर्धारण
(क) भक्तजनहरुका सवारी साधनः
-शिफल पार्किङ्ग गर्ने सवारी साधनहरुः सानो गौचरण, कालो पुल हुदैं सिफल चौरसम्म ।
-तिलगंगा पार्किङ्ग गर्ने सवारी साधनहरुः तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म ।
(ख) बस तथा माईक्रोबसहरु
-पुरानोबसपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै पुरानो बसपार्क फिर्ता हुने ।
-पुरानो बसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुँदै पुरानोबसपार्क फिर्ता हुने ।
-कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरु खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने ।
(ग) माईक्रोबस तथा टेम्पोहरु
-सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माईक्रोबस तथा टेम्पोहरु महेन्द्र शालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, शिफल उकालो, लामपोखरी, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने ।
-जोरपाटी बौद्धबाट सुन्धारा आउने माईक्रोबस तथा टेम्पोहरु चावहिल नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने ।
(घ) मालवाहक सवारी साधनहरु
-जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगंजतर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ जानु पर्ने ।
-कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरु कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरु गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने ।
-कोटेश्वर तिनकुने हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु गैरीगाउँमा मेला अवधिभर कुर्नुपर्ने ।
-महाराजगंज, चावहिल हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने ।
-कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
(ङ) पास वितरण भएका हल्का सवारी साधनहरु
-शिफलतर्फ चल्ने सवारी साधनहरु नक्साल, भगवतीबहाल, सानोगौचरण, कालोपुल हुँदै शिफल आउने र फर्कँदा शिफल, चावहिल गणेशस्थान हुँदै चावहिल निस्कने गरी मार्ग कायम गरिएको ।
-अमालकोटमा पार्क गर्न तोकिएको सवारी साधनहरु शिफलचौर, जयबागेश्वरी हुँदै उक्त स्थानमा पार्क गर्ने र फर्कँदा जयबागेश्वरीचोक, भण्डारखाल सडक हुँदै शिफलचौर निस्कने गरी मार्ग कायम गरिएको ।
-महानगरीय प्रहरी प्रभाग गौशालामा पार्क गर्ने सवारी साधनहरु तिलगंगा, बत्तिसपुतली हुँदै फर्किने गरी मार्ग कायम गरिएको ।
-तिलगंगा आँखा अस्पतालमा पार्क गरिएका सवारी साधनहरु सुचना विभाग तल सिनामंगल भत्केकोपुल तर्फको बाटो हुँदै फर्कने ।
प्रतिक्रिया दिनुहोस्