
काठमाडौं, फागुन २० । नेपाली सेनाले अमेरिकाबाट अनुदानमा प्राप्त गर्ने दुईवटा स्काइ ट्रक (कार्गो विमान) सन् २०१९ कै अन्त्यसम्ममा नेपाल आइपुग्ने भएको छ ।
दुईवटा इन्जिनसहितको उक्त विमानले प्रतिकुल मौसम र विकट भौगोलिक क्षेत्रमा पनि सहज रुपमा उडान भर्न सक्ने जनाइएको छ ।
‘डिफेन्स म्यागजिन’ नामको अमेरिकी ब्लगमा उल्लेख गरिएअनुसार अमेरिकी रक्षा मन्त्रालयले नेपाली सेनालाई उपलब्ध गराउने दुईवटा स्काइ ट्रक निर्माणका लागि पोल्याण्डको एयरक्राफ्ट निर्माण कम्पनी ‘पोल्स्की जाकेल्डी लोटनिक्ज’ सँग सम्झौता गरेको छ ।
दुईवटा एम–२८ स्काइ ट्रक २०१९ डिसेम्बर अघि नै निर्माण सकिने जनाइएको छ । निर्माण सम्पन्न भएपछि सोही कम्पनीले नै पोल्याण्डबाट काठमाडौंसम्म विमानको डेलिभरी गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्