२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


राष्ट्रपति ट्रम्पले लगाएको आरोपको ओबामाद्वारा खण्डन


0
Shares

राष्ट्रपति ट्रम्पले गतवर्ष भएको राष्ट्रपति चुनावका क्रममा ओबामा प्रशासनले ट्रम्प टावरको टेलिफोन कल ट्रयाप गरेको आरोप लगाएका थिए ।

तर, पूर्वराष्ट्रपति ओबामाले त्यो आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका हुन् ।

ओबामाका प्रवक्ता केविन लुइसले ओबामा या ह्वाइट हाउसका कोही पनि अधिकारीले कुनै पनि अमेरिकी नागरिकको जासुसीको आदेश नदिएको स्पष्ट पारेका छन् ।

उनले ओबामा प्रशासनमाथि लगाइएको आरोप झुठो भएको बताए । राष्ट्रपति ट्रम्पले आरोपको ठोस प्रमाण भने ल्याउन सकेका छैनन् ।