Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


रानीपोखरीको पुनर्निर्माण मल्लकालीन शैलीमा : उपमेयर खड्गी


0
Shares

काठमाडौं, फागुन १९ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आफू काठमाडौंको संरक्षणमा लागेको भन्दै रानीपोखरी पनि प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण गरिने बताइन् ।

राजधानीको असनमा आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारणका जिज्ञासाको जवाफ दिंदै उनले रानीपोखरीको मौलिकतालाई संरक्षण गरिने बताइन् ।

कार्यक्रममा सर्वसाधारणले आफ्नो टोल छिमेकमा देखिएका समस्याहरुको सम्बन्धमा गुनासो गर्दै यस प्रकारका कार्यक्रम नियमित हुनुपर्ने माग गरेका थिए ।