२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


अमेरिका छोड् भन्दै भारतीयमाथि लगातार आक्रमण


0
Shares

वासिङटनको केन्ट शहरमा ३९ वर्षीय शिख दीप रायमाथि अज्ञात व्यक्तिले गोली हानेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाखुरामा गोली लागि घाईते भएका राय उपचारपछि घर फर्केका छन् । उनका परिवार भने आतंकित बनेको बताइएको छ ।

घर बाहिर गाडीमा बसिरहेका बेला अज्ञात व्यक्तिले आफुलाई अमेरिका छोड्न भन्दै बहस गर्दै गर्दा पाखुरामा गर्दा गोली हानी भागेको रायले बताएका छन् ।

अमेरिकामा पछिल्लो १० दिनमा अमेरिका छोड भन्दै तीनजना भारतीयमाथि आक्रमण भइसकेको छ ।

गत महिना कन्सासमा भारतीय इन्जिनियर श्रीनिवास कुर्चीवोतलाको गोली हानी हत्या भएको थियो । यो आक्रमणमा पनि कुर्चीवोतलालाई अमेरिका छोड्न भनिएको बताइन्छ ।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प सत्तामा आएपछि आप्रवासीविरुद्ध घृणा र आक्रमणको घटना बढेको छ । (एजेन्सी)