Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


वीरगञ्जमा अश्वमेघ गायत्री महायज्ञ सुरु


0
Shares

वीरगञ्ज, फागुन १९ । वीरगञ्जमा आजदेखि अश्वमेघ गायत्री महायज्ञ सुरु भएको छ । देव संस्कृति विश्वविद्यालयका कुलाधिपति डा. प्रणव पाण्ड्याले महायज्ञको उद्घाटन गर्दै महायज्ञबाट मानिसहरुमा आध्यत्मिक चिन्तन बढ्ने र अध्यात्मबाट उन्मुक्ति मिल्ने धारणा राखे ।

२५१ कुण्डीय भव्य यज्ञशाला निर्माण गरिएको महायज्ञमा देव संस्कृति दर्शाउने प्रदर्शनी पनि गरिएको छ ।

महायज्ञका लागि नेपाल र भारतबाट करीब १० हजारभन्दा बढी श्रद्धालुहरु सहभागी हुने अश्वमेघ गायत्री महायज्ञ आयोजक समितिले जनाएको छ । महायज्ञ फागुन २२ गतेसम्म चल्नेछ ।