Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


दलाई लामाबारे चीनले दियो भारतलाई कडा चेतावनी


0
Shares

दलाई लामा अरुणाचल प्रदेश गएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने भन्दै चीनले भारतलाई चेतावनी दिएको हो । चीनले स्पष्ट शब्दमा दलाई लामा ‘पृथकतावादी’ रहेको जनाएको छ ।

उल्लेखनीय छ, अरुणाचल प्रदेशका केही भूभागमा भारत र चीनबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । विवादित क्षेत्रमा चीन विरोधी गतिविधिमा लागेका नेताको भ्रमण आफूलाई सह्य नहुने चीनले प्रष्ट पारेको हो ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेंग शुवाङ्गले भने, ‘दलाई लामाको अरुणाचल भ्रमणले भारत र चीनबीचको सम्बन्धलाई असर पार्नेछ, दलाई लामाको विवादित क्षेत्रमा हुने भ्रमणको चीन सदैव विरोध गर्दछ ।’

चिनियाँ सरकारी अखबार ‘ग्लोवल टाइम्स’का अनुसार विवादित क्षेत्रमा दलाई लामाको भ्रमणबाट निस्कने नतिजाका बारेमा भारतीय अधिकारीहरु बेखबर छन् या उनीहरुले उपेक्षा गरिरहेका हुन् भन्ने प्रष्ट छैन । तर लामाको भ्रमणले दुई देशबीचको सम्बन्धमा तनाव बढ्ने निश्चित रहेको सो अखबारले जनाएको छ । (एजेन्सी)