२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


प्राकृतिक प्रकोपबाट अफगानिस्तानमा २० जनाको मृत्यु


0
Shares

काबुल, फागुन १९ । अफगानिस्तानको कान्दाहार प्रान्तमा भीषण वर्षापछि आएको बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । अरु धेरै मानिस हराइरहेका छन् ।

कान्दाहारमा विनाशकारी ठूलो बाढी आएको र त्यसबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानका विभिन्न स्थानमा भारी हिमपात समेत भएको छ ।

अधिकारीहरुका अनुसार कम्तीमा १० जना अझै बेपत्ता छन् । मृत्यु र बेपत्ता हुनेमा बालबालिकासमेत रहेको बताइएको छ । (एजेन्सी)