
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी जापानको सो कम्पनीले नेपालमा पहिलोपटक मिस एक्नेस् गर्न लागेको जानकारी दिएको हो ।
प्लस टु पास गरेका र १६ देखि २४ वर्षसम्मका अविवाहित युवतीहरुले सो प्रतियोगितामा भाग लिनसक्ने आयोजकले जनाएको छ ।
सहभागीहरुलाई आत्मविश्वासी बनाउनुका साथै ग्ल्यामरको संसारमा आफ्नो भविष्य बनाउने अवसर प्रदान गर्ने उद्देश्यले मिस एक्नेस् गर्न लागेको तर्क आयोजकको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगदसहित विभिन्न उपहार प्रदान गरिने र विज्ञापनमासमेत अवसर दिने जनाइएको छ ।
साथै, विजेतालाई सो ब्रान्डको ब्रान्ड एम्बेसडर बनाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका लागि आगामी चैत ४ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्