१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एनआइसी एसिया क्यापिटल सन्चालनमा


0
Shares

व्यवसाय वृद्धि गर्ने लक्ष्यका साथ सन्चालनमा ल्याएको क्यापिटलको चुक्तापुँजी १० करोड रुपैयाँ रहेको छ ।

एनआइसी एसिया बैंकको पूर्णस्वामित्वमा रहेको क्यापिटलले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापनलगायतका कामहरु गर्ने जनाइएको छ ।

क्यापिटलको सोमबार राजधानीमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा बैंक सन्चालक समितिका अध्यक्ष जगदीशप्रसाद अग्रवालले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकले एनआइसी लघुवित्त पनि सन्चालनमा ल्याउने बताए । त्यसका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको उनले बताए ।

आफ्नो सेवालाई थप विस्तारित एवं प्रभावकारी बनाउदै लैजाने बैंकले जनाएको छ ।