१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


हेलिकप्टर दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पाको अन्त्येष्टि


0
Shares

काठमाडौं, फागुन १९ । गत बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्यष्टि गरिएको छ ।

बौद्ध परम्पराअनुसार आइतबार टेकु घाटमा उनको अन्त्येष्टि गरिएको हो । शेर्पालाई छोराहरु पासाङ शेर्पा र नुर्बु शेर्पाेले दागबत्ती दिएका थिए ।

लामाले निर्धारण गरेको समयमा शेर्पाको अन्त्येष्टि गरिएको हो । उक्त दुर्घटनामा परि निधन भएका मन्त्री रवीन्द्र अधिकारीको शुक्रबार पोखरामा र बाँकी ५ जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।