२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


भरतमोहन अधिकारी अब सम्झनामा मात्र (भिडियो)


0
Shares

काठमाडौं, फागुन १९ । पूर्वउपप्रधानमन्त्री एर्व नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको निधन भएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न राजनीतिक दलका नेताहरुले अनुभवी र लोकतन्त्रका लागि महत्वपूर्ण  योगदान गरेका नेता गुमाउनु परेको बताएका छन् ।

पटक–पटक मन्त्री बनेका र बामपन्थीको नेतृत्वमा पहिलो पटक बनेको नौ महिने सरकारका अर्थमन्त्री अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको छ । तत्कालीन नेकपा एमालेले पार्टी राजनीतिका लागि ७० वर्ष उमेरहद तोकेपछि नेता अधिकारी एमालेको पछिल्लो महाधिवेशनपछि निष्कृय थिए ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्