२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


विद्यालयमा जंकफूड विस्थापित गर्ने अभियान सुरु(भिडियो)


0
Shares

-कविराज घिमिरे/ईमेज

धनकुटा । पछिल्लो समय खाजाका रुपमा धेरैले जंक फुडको व्यापक प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर परेकोे छ ।

यही अवस्थालाई मध्य नजर गर्दै धनकुटाको महालक्ष्मी नगरपालिकाले विद्यालयमा जंकफूड विस्थापित गर्ने अभियान सुरु गरेको छ ।

‘घरमा जे पकाइन्छ बिद्यालयमा त्यहीँ खाइन्छ’ भन्ने नारा अहिले धनकुटाको महालक्ष्मी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रचलित छ ।

नर्सरीदेखि तीन कक्षासम्मका विद्यार्थीलाई विद्यालयमा जंकफुड खान निषेध गरिएको छ ।

घरमै पकाएको स्वस्थ खानेकुरालाई खाजाका रुपमा प्रयोग गराउने अभियान नगरपालिकाले सुरु गरेको महालक्ष्मी नगरपालकाका मेयर पर्शुुराम नेपालले जानकारी दिए । 

यस अभियानलाई सफल बनाउन नगरपालिकाले यो वर्र्ष २ हजार १ सय वटा खाजा बोक्ने ‘टिफिन क्यारी’ बितरण गरिसकेको छ ।

माघ १ गतेबाट नगरका ५३ सामुदायिक विद्यालयमा तीनकक्षा सम्म यो अभियान चलाइएको छ ।

जंक फुडले पेट पनि नभरिने र स्वास्थ्यलाई समेत हानी गर्ने भएकाले घरमै पकाएको खाजा खान प्रोत्साहित गरेको उपमेयर मन्जु कार्कीको भनाइ छ ।

राम्रोसँग खाजा खान नपाउँदा साना बालबालिकाहरु अन्तिम घन्टीसम्म विद्यालयमा बस्ने थिएनन् तर यो कार्यक्रम सुरु भएपछि विद्यार्थील सबै घण्टीे पढ्न थालेको पाइएको छ ।

बालबच्चा भोकले नआत्तिने भएकाले अभिभावक पनि निर्धक्क बनेको नागेश्बर माध्यमिक विद्यालय लेगुवाका प्रधानाध्याक दीपक निरौला बताउँछन् ।

विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बनेर नगरपालिकाले चलाएको यो अभियानलाई सार्थक बनाउन अभिभावकले पनि साथ दिनु आवश्यक छ ।