
साइबर हतियारका कारण बिन्डोज, एन्ड्रोयड, आइओएस, ओएसएक्स र लाइनक्स कम्प्यूटर एवं इन्टरनेट राउटरसमेतलाई निशाना बनाउँदै आएको दावी विकीलीक्सको छ ।
साथै बेलायतको एमआई ५ ले सामसुङ टीभीमा आक्रमण गर्न साइबर हतियार तयार गर्न सहयोग गरेको दावी पनि गरिएको छ ।
सीआईएका प्रवक्ताले भने यस्ता बकम्फूसे दस्तावेजप्रति कुनै प्रतिक्रिया दिनु जरुरी नरहेको टिप्पणी गरेका छन् ।
ब्रिटेनको गृह प्रवत्ताले पनि यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । उता अमेरिकी साइबर क्षमताबारे खुलासा गर्ने एडवर्ड स्नोडेनले भने विकीलीक्सले ठूलो काम गरेको र दस्तावेज सही रहेको बताएका छन् ।
जून २०१४ मिति अंकित दस्तावेजका अनुसार सामसुङको एफ ८०० सीरीजको स्मार्ट टीभीमा घुसपैठ गर्ने अभियानको वीपिंग एन्जल नाम दिइएको पनि बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्