
काठमाडौं । आज(आइतबार) देशभरकै मौसम बदली भई केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार रातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरीकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
यो प्रणाली अहिले पश्चिमबाट मध्यतिर सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको महाशाखाले जनाएको छ । भोलिबाट भने मौसममा सुधार आउने बताइएको छ ।
यसैबीच, उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभर नै चिसो बढेको छ ।
अझै केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने महाशाखाको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्