२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


नेता भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा निधन


0
Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री अर्थात नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको निधन भएको छ ।

८२ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार राती काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

अधिकारीलाई श्वासप्रश्वास र निमोनिया लगायतका समस्या भएपछि तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गते उनलाई ह्याम्स अस्पतालमा सारिएको थियो ।

अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टादेखि पिसाब रोकिएको र सबै महत्वपुर्ण अंगले काम गर्न छाडेको भन्दै अस्पतालले हिजो पत्रकार सम्मेलन गरेर बचाउने सम्पूर्ण प्रयास असफल हुँदै गएको जनाएको थियो ।

नेता अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आज बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।