
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलका लागि केन्याको टोली विहीबार राति नै काठमाडौं आइसकेको छ ।
केन्याविरुद्ध खेल्ने नेपाली टोलीमा समावेश रहेका फास्ट बलर करण केसी अस्वस्थ हुँदै शुक्रबार बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् ।
नेपाली टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले करणलाई ‘एपेन्डिक्स’ भएका कारण अस्पताल भर्ना भएको र उनको तत्काल अप्रेसन गर्नुपर्ने भएकाले केन्याविरुद्धको दुबै खेल गुमाउने जानकारी दिएका छन् ।
उनले करणको स्थानमा टोलीमा कसलाई समावेश गर्ने भन्ने विषयमा आइसीसीसँग छलफल गरेर निर्णय लिने बताए ।
प्रतियोगितामा हालसम्म ८ खेलबाट ८ अंक नै जोडेको केन्या अंकतालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट ६ अंक बटुलेको नेपाल छैटौं स्थानमा छ ।
८ राष्ट्र सहभागी प्रतियोगितामा शीर्ष चार स्थानभित्र अटाउँदै आगामी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउन नेपाल र केन्या दुबै टोलीलाई जित्नैपर्ने दबाब छ ।
नेपाल र केन्याबीचको दोस्रो एकदिवसीय खेल आगामी सोमबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्