२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


ट्रम्पद्वारा अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह


0
Shares

काठमाडौं, फागुन १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कृषि उत्पादनमा लगाइँदै आएको अतिरिक्त कर हटाउन चीनसमक्ष आग्रह गरेका छन् ।

ट्वीटमार्फत् ट्रम्पले व्यापरिक वार्ता सही दिशामा अघि बढिरहेकाले अतिरिक्त कर हटाउन अनुरोध गरेको बताएका छन् ।

यसैलेपनि अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा यही मार्चबाट नयाँ अतिरिक्त शुल्क लगाउन ढिलाइ गरिरहेका छन् ।

ट्रम्पले गत महिनापनि चीनसित नयाँ व्यापारिक सम्झौताको निकै नजिक पुगेको भन्दै वासिङ्टन सम्मेलनपछि ठोस प्रगतिहरु भइरहेको बताए ।

यसअघि भने अमेरिकाले चिनियाँ सामानमा २५० करोड डलर बराबरको अतिरिक्त कर लगाएको थियो ।

प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी वस्तुको आयातमा ११० करोड डलर बराबरको अतिरिक्त कर लगाउँदै आर्थिक इतिहासमै अमेरिकाले ठूलो व्यापरिक युद्ध सुरु गरेको आरोप लगाएको थियो । (एजेन्सी)