
काठमाडौं । नेपाली संगीत जगतमा अलग उर्जा सहित गजल संग्रह ‘समय आएपछि’ बजारमा आएको छ ।
संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र केसी ‘गुमनाम’ को सृजना र संगितकार ईश्वर खत्रीको संगीतमा सजिएका गजलहरुमा संगीत संयोजन किरण कंडेलले गरेका छन् ।
हालै काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगीतकार दिपक जंगमले विमोचन गरेका छन् ।
डिएआर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बमको गजल समय आएपछिको म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ ।
गायक प्रमोद खरेलले उक्त गितमा आफ्नो आवाज दिएका छन् ।
म्युजिक भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मी भट्ट, राजाराम गौतम, श्वेता गोले लगायतको अभिनय रहेको छ ।
प्रभावन जे ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा क्यामेरा टंक केसी, ग्राफर विशेष मर्हजन र सम्पादन नविन भट्टले गरेका छन् ।
गजलको म्युजिक भिडियो पर्यटकीय नगरी धुलिखेलमा छांयाकन गरिएको डिएआर मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति)ले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्