
काठमाडौं, असार २१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको राजनीतिक समितिको बैठक बसिरहेको छ ।
पार्टी कार्यालय बबरमहलमा जारी बैठकमा पार्टीको परिमार्जित विधान मस्यौदाबारे छलफल भइरहेको जनाइएको छ ।
महाधिवेशनका लागि राजपाले विधान परिमार्जन गर्न लागेको हो ।
गत वर्ष मधेसकेन्द्रित ६ दल एक भएर राजपा गठन हुँदा निर्वाचन आयोगमा एक वर्षभित्र महाधिवेशन गर्ने जानकारी दिइएको थियो । तर, राजपाले आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा महाधिवेशन गर्न सकेन ।
राजपालाई निर्वाचन आयोगले महाधिवेशनका लागि ताकेता गर्दै पत्र काटिसकेको छ ।
गत जेठको पहिलो हप्ता बसेको राजनीतिक समितिको बैठकले पार्टीको पहिलो महाधिवेशन २०७६ वैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो ।
विधान पारित भएपछि राजपालाई संसदीय दल गठनको पनि बाटो खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्