
कारागारभित्र उत्पादित मुढा, टोपी, ढकियालगायतका सामग्रीले बजार नपाउँदा कैदीबन्दी चिन्तित बनेका छन् ।
कारागारमा अहिले हाते सीप भएका ४० जनाभन्दा बढी कैदीबन्दी रहे पनि उत्पादित सामग्रि बिक्री नहुँदा उनीहरुले थप उत्पादन गर्न सकेका छैनन् ।
कारागारमा बनाइएका ढाकाको टोपी र मुढाको गुणस्तर राम्रो भए पनि थोरै मात्र बिक्री हुने गरेको उनीहरुको भनाइ छ ।
उत्पादित सामान बजारसम्म पुु¥याउनसमेत समस्या छ । कैदीबन्दीहरुले आफूहरुले उत्पादन गरेका सामान बजारसम्म पु¥याएर बिक्रीवितरणको व्यवस्था गरिदिन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्