२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत


0
Shares

दार्चुला, फागुन १८ । दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । 

सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नम्बरको जिप दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम, वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी छन् । 

यसैगरी दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्दको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दुर्घटनामा जिप चालक दीपकसिंह धामी गम्भीर घाइते भएका छन् ।  उनको टाउको र खुट्टामा चोट लागेको छ ।

जिप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेर दुर्घटना भएको हो ।