२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


बस्ती जोगाउनका लागि नदीजन्य वस्तुको स्थानान्तरण


0
Shares

म्याग्दी । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिकाको बगरफाँटलाई जोगाउनका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्धारा स्थानान्तरण गर्नु सुरु गरिएको छ ।

विगत वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भएपनि प्रभावकारी नभएपछि नदीजन्य बस्तुलाई स्थानान्तरण गर्न थालिएको हो ।

करिव २ सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि बर्खामा भने कटानका कारण सधै जोखिममा रहने गरेको छ ।

नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ ।

वि.स. २०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि  निरन्तर रुपमा नदीको कटानका कारण गाउँ नै जोखिममा परेको थियो ।