
बजार परिसूचक नेप्से ७ अंक बढीले उकालो लागेर १३ सय ५५ पुगेर थामियो । अन्यबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे ।
बीमा समूहमा सबैभन्दा उच्च १ सय ९ अंकको बृद्धि आयो । अरु समूहमा भने सामान्य अंकले सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको ७ लाख बराबर कित्ता सेयर ३६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्