२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


४० हजार बोरा चिनी बन्दरगाहमै थन्कियो


0
Shares

काठमाडौं, फागुन १८ । साल्ट ट्रेडिङ कर्पोरेसनले सिर्सिया सुक्खा बन्दरगाहमा साढे पाँच महिनादेखि अड्किएको आफ्नो सबै चिनी अझै छुटाउन सकेको छैन ।

बन्दरगाहमा थन्किएको ४० हजार बोरा चिनी जाँचपास नगराउँदा उसले साढे चार करोड रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ । बन्दरगाहमा अड्किएको साल्टको ५० हजार बोरा चिनीमध्ये १० हजार बोरा चिनी महिनाअघि जाँचपास गरेर लगेको थियो ।

त्यतिबेला एक करोड रुपैयाँ धरौटी राखेर चिनी छुटाएको साल्टले त्यसयता नलगेको बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले बताए ।

सरकारले भन्सार नाका हुँदै चिनी आयातमा लगाएको परिमाणत्मक बन्देजका कारण बन्दरगाहमा असोज ६ देखि चिनी थन्किएको हो । –कान्तिपुर दैनिकबाट