१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


लुम्बिनीमा कुलपुत्र प्रव्रज्या सम्पन्न


0
Shares

काठमाडौं, फागुन १७ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी बगैंचामा कुलपुत्र प्रव्रज्या शुक्रबार सम्पन्न भएको छ ।

थेरवाद बौद्ध पुनर्जागरणकालका प्रथम संघ महानायक भिक्षु प्रज्ञानन्द महास्थविरको ११९आंै जन्मजयन्तीको अवसर पारेर भएको प्रव्रज्यामा एक हजार ११९ जनाले प्रव्रज्याग्रहण गरेका थिए ।

नेपाली र थाइ भिक्षुहरुबाट उनीहरुले सामूहिकरुपमा थेरवादी परम्पराअनुसार प्रव्रज्या ग्रहण गरेका हुन् ।

गत सोमबार ललितपुरको नागबहालमा प्रव्रज्याका लागि नेपाली र थाइ भिक्षुहरुले सामूहिकरुपमा थेरवादी परम्पराअनुसार प्रव्रज्या सुरु गरेका थिए ।

प्रव्रज्याग्रहण गरेकाहरुले शनिबार लुम्बिनी क्षेत्रमा भिक्षाटन गर्ने जनाइएको छ ।

आगामी चैत ३ गतेसम्मका लागि उनीहरु भिक्षु बन्ने र बौद्धशिक्षा पालन गर्नेछन् ।

नेपाल, भारत, थाइल्यान्ड, बंगलादेश, फिलिपिन्सिकालगायतका विभिन्न देशका बौद्धमार्गी प्रतिनिधिहरु प्रव्रज्यामा सहभागी छन् ।