
काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सत्ता र पदलोलुपताका कारण कांग्रेस आफ्नो कर्तव्यबाट विचलित बन्दै गइरहेको बताएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको १०९औं जन्मजयन्तीको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले पार्टीको संस्थागत विकासका लागि सत्ता र लालच दुवै त्याग्नुपर्ने बताए ।
नेता केसीले त्याग, तपस्या र प्रतिष्ठाका प्रर्याय व्यक्तित्व सुवर्णशमशेरलाई पार्टीले बिर्सेको बताउँदै उनको समर्पणलाई अहिलेको पुस्ताले बुझ्नुपर्नेमा जोड दिए ।
मानवअधिकारवादी नुतन थपलियाले पछिल्लो समय नेपाली कांग्रेसमा भिन्न विचार राख्नसक्ने व्यक्तित्वको अभाव रहेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्