 
	    रौतहटमा तीन नगरपालिकासहित १६ गाउँपालिकाको नयाँ संरचना कायम भएपछि बुधबार विधिवतरुपमा बृन्दावन र गडिमाइ गाउँपालिकाको कार्यालय सन्चालनमा आएको छ भने कटहरिया, माधवनारायण, मौलापुरलगायतको गाउँपालिका मोर्चाको अवरोधका कारण सन्चालनमा आउन सकेको छैन ।
उद्घाटन भएको बृन्दावन गाउँपालिकाको कार्यालय पायक नपरेको भन्दै वीरेन्द्र राजमार्गको सखुअवा–धमौराका बासिन्दाले चार घन्टा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् ।
मोर्चाले भने संविधान संशोधनबिना गरिएको स्थानीय निकायको पुनःसंरचनाको विषयलाई लिएर रौतहटमा विरोध गरेको जनाएको छ ।

समान जनसंख्याको आधारमा स्थानीय तहको पुनःसंरचना हुनुपर्ने र संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्ने माग मोर्चाको रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी रौतहटका अध्यक्ष रामप्रवेश दासले बताए ।
उता, जिल्ला समन्वय समितिको कार्यालय रौतहटले नयाँ संरचनाअनुसार कार्यकारी अधिकृत खटाइसकेको छ ।
नयाँ संरचनाअनुसार कार्यालयको बोर्ड फेर्ने र नयाँ लेटरप्याड प्रयोगमा ल्याइएपनि मोर्चाले गाउँपालिकाको बोर्ड हटाउन थालेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्