Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना : कमल थापा


0
Shares

उर्लाबारी, फागुन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताएका छन् ।

पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उनले संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिने बताए ।

अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै फागुन मसान्तभित्र माग पूरा नभए चैतदेखि देशव्यापी सङ्घर्षमा उत्रने चेतावनी दिए ।

उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज मोरङको उर्लाबारीबाट रतुवामाई, रङ्गेली हुँदै विराटनगरमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ । (रासस)