१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


निर्मलाको घरमा पुगे कांग्रेस सभापति देउवा


0
Shares

कञ्चनपुर, फागुन १७ । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निर्मला पन्तको घरमा पुगेका छन् ।

गत साउनमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घर पुगेका हुन् । निर्मलाकी आमा दुर्गादेवीलाई सान्त्वना दिँदै उनले निर्मलाका लागि न्यायको लडाई लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व भएको बताए ।

उनले निर्मलाका लागि न्याय दिलाउन आफू र आफ्नो पार्टीका तर्फबाट निरन्तर खबरदारी गर्ने पनि बताए ।