Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश


0
Shares

जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले उनीहरुले मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न देखिएको भन्दै थुनामा राख्ने आदेश दिएको हो ।

अदालतले प्राधिकरणका कर्मचारी सुमन श्रेष्ठ, मन्जित श्रेष्ठ, भगवान पाण्डे, टहलबहादुर कार्की र व्यापारी तपन घोषलाई मुद्दाको किनारा नभएसम्म थुनामा राख्न आदेश दिएको अदालतका शाखा अधिकृत टीकासिंह खत्रीले जानकारी दिए ।

विद्युत् चोरी गरी जनतालाई अँध्यारोमा राखेको आरोपमा प्राधिकरणका २१ कर्मचारी र दुई उद्योगीविरुद्ध ठगी मुद्दा चलाइएको थियो ।

उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै जिल्ला अदालतले ८ कर्मचारीलाई धरौटीमा रिहा गर्न र ८ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिव्यक्ति रु दुई करोड २७ लाख असुल हुनुपर्ने र साढे सात वर्षसम्म कैद सजाय हुनुपर्ने दाबी गर्दै ठगी मुद्दा दर्ता गरेको थियो ।

महानगरीय अपराध महाशाखाले माघ पहिलो साता प्राधिकरणका कर्मचारी सूर्यबहादुर थापा, ठाकुर महर्जन, प्रदीप शर्मा, श्याम बस्नेत, ओम ढुंगाना, दिलबहादुर साउद, अच्युत खड्का, महादेव प्रधान, सूर्यबहादुर कार्की, अन्नपूर्ण सापकोटा, पदमराज जोशीलगायतलाई पक्राउ गरेको थियो । रासस