
बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आयो भने परिमाण पनि बढ्यो । नेप्से २४ अंकले उकालो लागेर १३ सय ८२ पुग्यो ।
कारोबार भएका सबै समूहमा सुधार आयो । बीमा समूहमा सबैभन्दा उच्च ३ सय ६७ अंकले बढ्यो । होटल समूह ६० अंकले उकालो लाग्यो । जलविद्युत् समूह पनि ५५ अंकले बढ्यो । विकास बैंक र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो । अरु समूह सामान्य अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको साढे १४ लाख कित्ता बराबर सेयर ६९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्