२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चीनबाट ल्याइएका सामान रसुवागढी भन्सारमा अलपत्र


0
Shares

कार्यालयले भन्सार स्वीकृत गर्न नसक्दा करिब १० अर्ब रुपैयाँ बराबरका सामान भन्सार कार्यालयमै थन्किएका छन् । अर्बौं रुपैयाँका रेडिमेड कपडा, कस्मेटिक, चप्पल, जुत्तालगायतका सामान रसुवागढी भन्सार कार्यालयमा अलपत्र अवस्थामा रहेको ब्यापारीहरुले बताएका छन् ।

कर्मचारीहरुको सरुवाका कारण भन्सार नगर्दा सामान समयमै लान नसकिएको व्यापारीहरु बताउँछन् । केरुङबाट दैनिक एक सयवटा मालबाहक कन्टेनरमा सामान नेपाल भित्रिए पनि समयमै ब्यापारीहरुले भन्सार नगरीदिँदा कार्यालयमै थन्किएको भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले बताए ।

सामानको भन्सार नहुँदा दैनिक दुई करोड रुपैयाँभन्दा बढी राजश्व असुली हुने यो कार्यालय प्रभावित भएको छ । यसैगरी केरुङ नाकाबाट दैनिक सयौं मालबाहक कन्टेनर भित्रिदा याडमा राख्ने स्थानसमेत अभाव हुन थालेको छ ।