
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसंग वार्ताको आह्वान गरेका छन् ।
दुई मुलुकबीच तनाब चुलिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री खानले संगै बसेर कुरा गरी संवादकै माध्यमबाट समस्याको समाधान गर्न आह्वान गरेका हुन् ।
उनले विवेकको प्रयोग गर्न आवश्यक रहेको भन्दै दुवै मुलुकसंग रहेका हतियारलाई ध्यानमा राखी कसैले भूल गरे त्यो आफु वा भारतीय प्रधानमन्त्रीको नियन्त्रण बाहिर जाने बताए ।
पाकिस्तानी प्रधानमन्त्रीले भारतीय लडाकु विमानले पाकिस्तानी सीमा उल्लङ्घन गरेकोले त्यसको प्रतिक्रिया जनाउनु पाकिस्तानको बाध्यता रहेको बताए ।
उनले पाकिस्तानी कारबाहीको जबाफ दिन भारतका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसेकाले त्यसलाई झारेको र पाइलट नियन्त्रणमा रहेको जानकारी दिए ।
भारतले भने आफ्ना लडाकु विमानका चालकलाई मुक्त गर्न माग गरेको छ ।
पुलवामा आफ्ना सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई आक्रमण गरेको थियो । त्यसयता दुई मुलुकबीच तनाब चुलिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्